कामना सेवा विकास बैंकद्वारा छैठौं र सातौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 08:33:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं  शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा साल चैत्र १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे नपा वडा नं ०९ को आरके मोवायल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं०९ मदनचोकको एवि मेडिकल हलमा सातौं  शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।  

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आरके मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले एवि मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।  

बैंकका अनुसार शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved