महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र ह्वाइट बोर्ड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 06:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाले अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च मा. वि चमडालाई ह््रवाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह््रवाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधी, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved