
 2mb (1).gif)
नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन गर्ने उदेश्यले गरिमा विकास बैंक र पोखराको ‘पोखरा बाटिका–क्लासिक होटल’बीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार गरिमा ग्राहकहरुले उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता अनुसार, बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्दा छुट पाईनेछ ।
हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट सेवा दिँदै आएको छ ।