ज्योति विकास बैंकद्वारा सीसी क्यामरा हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 03:56:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी टिभी क्यामराहरु हस्तान्तरण गरेको छ ।

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई सीसी क्यामरा हस्तान्तरण गरेका हुन् ।

बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved