कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 06:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले वैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसलस्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. ०२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । 

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved