कामना सेवा विकास बैंकद्वारा नवौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 09:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १५ गते बिहीबारबाट सिराहा  जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ का वर्तमान मेयर राम वलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । 

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved