लुम्बिनी विकास बैंकद्वारा थप नयाँ दुई शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 05:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ । बैंकले आज सोमबार ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित ताराताल शाखा संचालनमा ल्याएको हो।

बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के. सी.ले संयुक्त रुपमा गरेका छन् । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका छन् ।

आज खोलिएका दुई शाखा सहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणी मा समेत गरी थप ३ शाखाहरु खोल्नको लागी तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved