महालक्ष्मी विकास बैंकद्वारा क्यूआर कोड वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 06:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज सोमबार ति महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद«ा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो ।

उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved