ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई पोखराको अन्नपुर्ण केवलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 06:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् । 

बैंक र अन्नपूर्ण केवलकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले अन्नपूर्ण केवलकारमा छुट पाउने भएका हुन् । सम्झौता वमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल वैंकिङ्गमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । 

ग्रीन डेभलपमेन्ट बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा गरी कुल १६ वटा शाखा कार्यालयहरुमार्फत् सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved