

लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.( धुलिखेल जिपलाइन ) मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधाहरु लिए बाफत भुक्तानी गर्दा २०% छुट प्रदान गर्ने छ ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।