कामना सेवा विकास बैंकको बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा राप्तीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 08:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकासले चितवन जिल्लाको राप्ती न.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  राप्ती न.पा. वडा नंं ०८ जोरकुला स्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

राप्ती न.पा. वडा नंं ०८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यज्यूले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।  बैंकका अनुसारशाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved