मुक्तिनाथका ग्राहकहरुलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 03:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकएल बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ । 

 बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved