विश्व वातावरण दिवसको उपलक्ष्यमा गरिमा विकास बैंकद्वारा ‘बृहत बृक्षारोपण’ सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 02:55:16 PM मा प्रकाशित

गरिमा विकास बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ सम्पन्न गरेको छ । ‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आईतबारको दिन कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

विश्व वातावरण दिवस २०२२को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ ज्यू एवं यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved