महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 05:05:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card Dollar card  जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card  जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक  महालक्ष्मी विकास बैंक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved