एससीटी र गरिमा विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 02:41:41 PM मा प्रकाशित

laxmi sunrise bank

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र  गरिमा विकास बैंकवीच एससीटी-युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भज र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पुऱ्याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी गरिमा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिएको कम्पनीले जनाएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र गरिमा विकास बैंक लिमिटेडवीच एससीटी-युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, Pos, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved