
लुम्बिनी विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा विभिन्न बित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिरसम्म पुगेर सम्पन्न भएको छ ।
बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात जातीका गरी १०० वटा बिरुवाहरुको बृक्षारोपण गरेको छ ।
उक्त बृक्षारोपण कार्यक्रमको शुभारम्भ बैकंका अध्यक्ष दशरथ रिसालले गरेका थिए ।
यस विकास बैंकले हाल ८६ वटा शाखाहरुमार्फत सेवा दिँदै आएको छ ।