कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 07:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

कामना सेवा विकास बैंकले हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण गरेको छ । बैंकलेआफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासी स्थित हरिहर मन्दिरलाई कुर्चीहरु हस्तान्तरण गरेको हो ।

उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस्‌ भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ। बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख  केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका हुन्। 

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved