लुम्बिनी विकास बैंकमा सीईओ बोहराको दोस्रो कार्यकाल आजबाट सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 08:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले दोस्रो कार्यकालको लागि पदबहाली गरेका छन् । बैंकले उनलाई साउन २ गतेबाट लागु हुने गरि ४ बर्षको पदावधि सहित सीइओ नियुक्ती गरेको थियो ।  

बोहराले पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ । बैंकका अनुसार उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । उनको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनीलाई कुल ६०.७५% लाभांस वितरण गरिएको बैंकले जनाएको छ । बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको र  शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको बैंकले उल्लेख गरेको छ । 

 बोहराले भारतको इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. गरेका छन् । उनी बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा आवद्द छन् । ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छे« बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए। उनी सँग तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि काम गरेको अनुभव छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved