गरिमाका ग्राहकलाई ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 12:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकका ग्राहकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा विशेष छुट पाउने भएका छन् ।  बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो । 

सम्झौतापत्र अनुसार विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने  ग्राहकहरुले ‘सिराईचुली होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउन सक्ने छन्। साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्ने छन्। 

  बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट  सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved