लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 07:45:51 PM मा प्रकाशित

laxmi sunrise bank

लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष आज पद तथा गोपनियताको शपथ लिएका छन् । 

नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पु¥याउनु भए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका थिए । उनको कुशल नेतृत्वमा   बैंकले थप प्रगति गर्ने विश्वास लिएको जनाएको छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved