गरिमा विकास बैंकको नाफा अर्ब बढी, ईपीएस २३ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 09:04:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा गरिमा विकास बैंकको खुद नाफा २६.३५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ८३ करोड ६३ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर १ अर्ब ५ करोड पुगेको हो।  

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रहेको छ ।  समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रहेको छ । बैंकको निक्षेप् ७.०५ प्रतिशतले बढेर ६८ अर्ब ४१ करोड पुगेको छ भने कर्जा प्रवाह १२.८४ प्रतिशतले बढेर ५८ अर्ब ३२ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ । 

४ अर्ब ५७ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २ अर्ब ४ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ७ पैसा तथा प्रति शेयर नेट वर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved