महालक्ष्मी विकास बैंकले ल्यायो ७० महिनामै रकम डबल हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 02:52:10 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले  सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ। बैंकका अनुसार  १०,००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम  भुक्तानी गरिने छ ।

बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।  १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ। 

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved