
कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ गतेदेखि सुरु गरेको हो।
“क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५० र– सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको र यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट ईयर“ लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।