महालक्ष्मी विकास बैंकद्वारा महाबचत खाता सार्वजनिक, हरेक महिना ब्याज भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 05:10:31 PM मा प्रकाशित

महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार न्यूनतम मौज्दात रु. ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुने छ।  ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

बैंकले  प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved