सांग्रिला डेभलपमेन्ट बैंकका सीइओको नयाँ कार्यकाल आजबाट सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 06:56:00 PM मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको दोस्रो कार्यकाल आजबाट सुरु भएको छ । बैंकको भदौ ५ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आज भदै १९ गतेदेखि लागु हुने गरि थप ४ वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

बैंकले आजबाट नै 'सांग्रिला कस्टुमर केयर' सेवा  शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको जनाएको छ।

बैंकले ११२ शाखा कार्यालयहरु, तथा ३१ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved