कामना सेवा विकास बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 07:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकहरुले हिमाल डेन्टल अस्पतालमा छुट पाउने भएका छन् ।   बैंक र हिमाल डेन्टल अस्पताल बीच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले हस्ताक्षर गरेका छन्। यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्धहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved