मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2022 | 02:48:18 PM मा प्रकाशित

laxmi sunrise bank

“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बंैकले शनिबार ग्राहकमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन देशभर बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । 

यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको थियो । 

बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ, मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ । 

यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved