महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 04:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण गरेको छ । बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा कक्षा नौँमा अध्यनरत छात्रा हिरा जोशीलाई छात्रवृत्ती प्रदान गरेको हो ।

धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले हिरा जोशीलाई छात्रवृत्ती प्रदान गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले उल्लेख गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती स्थापना गरिएको बैंकले जनाएको छ ।

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved