मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 12:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुक्तिनाथ विकास बैंकले .१ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक बीमा सुविधा दिने योजना ल्याएको बैंकले जनाएको छ । 

बैंकका अनुसार मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् । यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।  बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं. ९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिने बैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved