कामना सेवा बन्यो गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 12:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गरेको छ । सम्झौता सँगै  कामना सेवा बन्यो गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक बनेको छ ।

 सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । 

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको बैंकले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved