कामना सेवा विकास बैंकले चाडपर्व अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको जनाएको छ।
यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई २०७९ साल असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ। “यस चाडपर्व Life Easy बनाऔं, नगद छोडौं Fonepay गरौ" भन्ने नाराका यस अफर अन्तर्गत क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १०% वा रु १००/- सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार फोनपे बाट क्युआर, IBFT तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोनपे क्युआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्जिमार्त्नट फोन जित्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकहरुले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई Festive Challenge accept गर्नु पर्दछ ।