कामना सेवाद्वारा डिजिटल विकको अफर अन्तर्गत स्मार्टफोन विजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 01:30:03 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले संचालन गरेको डिजिटल विकको विजेताको घोषणा गरेको छ । बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९ - २४ सम्म डिजिटल विक संचालनमा ल्याएको थियो।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । अफर अन्तर्गत  हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सोलुसन सेन्टरले स्मार्ट फोन जितेको बैंकले जनाएको छ । 

विभिन्न अफर मध्य, एफवान सफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो मोबाइल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनाले स्मार्टफोन दिने जनाएको थियो।

बैंकका अनुसार उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले लक्की ड्र गरी विजेता घोषणा गरेका हुन्।  बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखले उपहार हस्तान्तरण गरेको बैंकले जनाएको ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved