कामना सेवा विकास बैंकको कार्डमा ईकमर्श सुविधा समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 02:23:48 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले डेबिट तथा क्रेडिट कार्डमा ईकमर्श सुविधा समावेश गरेको छ। यस सँगै कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गरी आफ्नो ईकमर्श सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले मिति २०७९ साल असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो । बैंकका अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै भऋकभचअभ सुविधा सुचारु गराउन सक्नेछन् ।

साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा ईकमर्श सक्रिय कार्ड मार्फत सस्तोडिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा रु २००० सम्मको नगद छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved