महालक्ष्मी विकास बैंकले दशैँ विदामा पनि खुल्ने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकले असोज १५ देखि असोज १८ गतेसम्म र असोज २१ देखि असोज २२ गतेसम्म खुल्ने शाखाको सूची सार्वजनिक गरेको हो ।
जस अनुसार असोज १५ गते बैंकको दरबारमार्ग शाखा, असोज १६ गते बिरगंज र दरबारमार्ग शाखा, असोज १७ गते हेटौडा र दरबारमार्ग शाखा, र असोज १८ गते दरबारमार्ग र महाराजगन्ज शाखा खुला रहने बैंकले जनाएको छ। त्यस्तै असोज २० गते भैरहवा र दरबारमार्ग शाखा, असोज २१ गते पोखरा न्युरोड र दरबारमार्ग शाखा तथा असोज २२ गते दरबारमार्ग शाखा खुला रहने बैंकले उल्लेख गरेको छ ।
बैंकका अनुसार उल्लेखित दिनमा बैंकका उल्लेखित शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ।