कामना सेवा विकास बैंकका ग्राहकले पोखराको होटल जल महलमा छुट पाउने भएका छन् । कामना सेवा विकास बैंक र होटल जल महल, पोखरा बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्रहकले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।