कामना सेवा विकास बैंकको २६ औं शाखा रहित बैंकिङ्ग सेवा तिलोत्तमामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 08:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । 

बैंकका अनुसार शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved