मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश, एकैसाथ १३ शाखा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 04:13:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 २०६३ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पौष १९ गते १७ वर्षमा प्रवेश गरेको  छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  बैंकका अध्यक्ष भरत राज ढकालले १७ औं बर्षको सहयात्रमा साथ दिने शेयरधनीहरु, ग्राहकहरु, नियमक निकायहरु, कर्मचारीहरु तथा शुभचिन्तकहरुलाई धन्यबाद दिएका छन्। उनले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए। जस अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम  गरी १७४ युनिट रगत संकलन, विविन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरु मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विबिध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा, अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्मनिर्भरता बढाउन “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरु गरिएको बैंकले जनाएको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved