महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 09:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई छुट प्रदान गर्नको लागि चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको 'ओपीडी डक्टर कन्सलटेसन एण्ड चेकअप'  सेवा निशुल्क, 'जनरल डेन्टल ट्रीटमेन्ट '  सेवामा १५% र 'अर्थोथेरापी एण्ड डेन्टल ईम्प्लान्ट ट्रीटमेन्ट' सेवामा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved