डा. भगवान कोइरालासँग मुक्तिनाथ विकास बैंकको सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 01:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालनको लागि प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा संचालित 'काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ । बैंकले १६ औं वर्ष  सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै  यो सम्झौता गरेको जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्ने । 

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको  स्वस्थ्य  उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले बताए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved