विकास बैंकले पनि घटाए व्याजदर, फाइनान्सको शुक्रबार निर्णय हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 06:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने भएका छन्। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको  छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोशियसनको आज बिहिबार बिहान बसेको बैठकले माघदेखि लागु हुने गरि ब्याजदर घटाउने निर्णय गरेको हो। 

 एशोसियसनका अध्यक्ष प्रध्युमन पोखरेलले व्यक्तिगत मुद्दति निक्षेपमा हालको ब्याजदर १२.८५ प्रतिशत रहेकोमा त्यसलाई १२ प्रतिशत कायम गरिएको बताए। उनले भने, ‘ व्यक्तिगत मुद्दति निक्षेपमा १२.८५ बाट १२ मा कायम गर्याै, संस्थागत तर्फ पुसमा १०.८५ कायम रहेकोमा व्यक्तिगत मुद्दति निक्षेपको तुलनामा दुई बिन्दु कम हुने गरी राष्ट्र बैंकको नियम अनुसार निर्धारण गरेका छौ।’

त्यस्तै फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। नेपाल वित्तीय संस्था संघको भोली बिहान बस्ने बैठकले के कति घटाउने भनेर निर्णय गर्ने संघका अध्यक्ष सरोज तुलाधरले बताए। ‘घटाउने नै भनेका छौँ।’ उनले भने, ‘भोली बैठक छ, के कति घटाउने भन्ने कुरा बैठकबाटै निर्णय हुनेछ।’

बुधबार नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंकर्स संघले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved