महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सामसुङ प्लाजामा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 09:12:41 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा लि (सामसुङ प्लाजा) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।  

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कन्जुमर इलेक्ट्रोनिक्स सामान हरुको खरिदमा १५% र मोबाइल फोनको खरिदमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved