कामना सेवा विकास बैंकका तत्कालिन सीइओले गरे प्रहरी समक्ष आत्मसमर्पण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 07:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले आफू विरुद्ध प्रक्राउ पुर्जी नै जारी गरेर खोजी थालेपछि उनले प्रहरीको अनुसन्धानमा सघाउन दमक प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

उनले आत्मसमर्पण गरेसँगै प्रहरीले उनी विरुद्ध अनुसन्धान थालेको छ ।  प्रहरी नियन्त्रणमा रहेका ४ जनामाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।

प्रहरी स्रोतका अनुसार यस अघि बैंकका क्लस्टर म्यानेजर विरेन्द्र सिंह भण्डारी र ऋणीहरु चन्द्र थापा तथा हरिन्द्र दाहाललाई पक्राउ गरिएको छ। उनीहरु विरुद्द अनुसन्धान जारी रहेको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ । 

बैंकमा भएको भनिएको घोटाला प्रकरणबारे प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको हो । उक्त विषय अनुसन्धानका लागि राष्ट्र बैंकको पत्रका आधारमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोमा आएको थियो । व्यूरोले थप अनुसन्धान गर्न भनी केही अघि इलाका प्रहरी कार्यालय दमकमा पत्राचार गरेकोमा त्यहाँको प्रहरीले अनुसन्धानलाई तिब्र पारेको हो। 

 स्रोतकाअनुसार चार बर्षे कार्यकालको अवधि सकिएर विदामा बसेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतसहित २२ जना विरुद्द अनुसन्धान थाल्न भनिएको छ। विभिन्न व्यक्ति तथा संस्थाको नाममा धितो भन्दा बढी कर्जा स्वीकृत गरी उक्त कर्जाको अपचलन भएको भन्दै एक वर्ष अघि नै कामना सेवा विकास बैंकको सञ्चालक समितिले समिति नै बनाएर अनुसन्धान थालेको थियो । 

उक्त अनुसन्धान पश्चातको प्रतिवेदनलाई नेपाल राष्ट्र बैंकले ‘विश्वास’ नगरी उक्त प्रकरणमा अनुसन्धान अघि बढाउन ब्युरोलाई पत्राचार गरेको थियो । यस घटनाका मुख्य आरोपी भनिएका कामना सेवा विकास बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन राईलाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ । राई कामना सेवा आउनु अगाडि एनआईसी एसिया बैंकमा थिए । 

बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त घटनाको यसअघि नै राष्ट्र बैंकबाट समाधान गरी व्यवस्थापन पनि भइसकेको दावी गरेका छन्। उपत्यका बाहिरको एउटा शाखा कार्यलयबाट हुने कतिपय फाइलमा प्रमुख कार्यकारी अधिकृतको पनि हस्ताक्षर अनिवार्य हुने भएकाले 'सिग्नेचरी राइट' को कुरालाई लिएर सीइओ सहितको टिमलाई अनुसन्धान गर्नको लागि सीआईबिले पत्राचार गरेको हुन सक्ने अध्यक्ष आचार्यको भनाई छ। 

"करिब डेढ दुई बर्ष अगाडीको यो घटनाबारे पर्याप्त अनुसन्धान भई राष्ट्र बैंकलाई समेत कन्भिन्स गरि यसको समाधान खोजि सकिएको थियो" अध्यक्ष आचार्य भन्छन्, "नियतबस भएको गल्ति भन्दा पनि सम्भवत: 'सिग्नेचरी इस्यु' लाई लिएर  थप अनुसन्धानको लागि यो प्रकरण सीआईबि पुगेको हुनसक्छ।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved