मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 01:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा छुट पाउने भएका छन्  । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो। 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved