महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्ण रुपमा बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 05:49:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले  २०७९ चैत्र २९ देखि निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर –२०८९” तोकिएको समय भित्रै अर्थात बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएको छ । दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैंया बराबरको क्रृणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो । 

समय अवधि अगावै पूर्ण रुपमा बिक्रि हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

बैंकले १०३ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved