स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 01:46:45 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक बिच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

स्मार्टच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन्। साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पीओएस, ईकमर्श जस्ता सेवा सजिलै लिन सक्ने बैंकले जनाएको छ।

हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले एससीटी युपीआई डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved