ज्योति विकास बैंकको १२० औ शाखा गोकर्णमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 09:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले काठमाडौंको गोकर्ण शाखा औपचारिक उद्धघाटन गरेको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्। 

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, बैंकका संचालक राम कुमार श्रेष्ठले नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ज्योति विकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको बताएका छन् ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको बैंकले जनाएको छ ।                                                                                                                                                


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved