सत्यमोहन जोशीद्वारा रचित पुस्तक प्रकाशनमा महालक्ष्मी विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 09:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाइ सम्मान गर्न उनीद्धारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याएको योगदानको कदर गर्न तथा उनको   चाहानालाई मुर्त रुप प्रदान गर्न बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ । 

वांगमय शताब्दी पुरुष सत्यमोहन जोशी द्धारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा बुधबार लोर्कापण भएको थियो । लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कला सम्बन्धी अध्ययन अनुसन्धान गरि पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा पुस्तक लोकापर्ण भएको हो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved