एरोजिन हेल्थ केयर एण्ड रिसर्चमा कामना सेवाका ग्राहकले पाउने भए ४५% सम्मको छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 06:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च बीच सम्झौता सम्पन्न भएको छ । काठमाडौँ स्थित विशालनगरमा रहेको एरोजिन हेल्थ केयर एण्ड रिसर्चसँग बैंकका सेवाग्राही विभिन्न प्रकारको ट्रिट्मेन्टमा छुट पाउने गरि  सम्झौता भएको हो 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७ नर्सिङ्ग केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved