नुवाकोटको फाँटपौवामा गरिमा विकास बैंकको निशुल्क स्वास्थ्य शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 07:16:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिवार निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम गरेको हो  ।

 बैंकका अनुसार स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानिय बासीहरु लाभान्वित भएको र आगमी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले १२१ शाखा कार्यालय र ५० वटा एटिएम मार्फत  सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved