ज्योति विकास बैंकले सुरु गर्यो कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सक्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 02:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले एटिएम कार्ड बिना नै रकम निकाल्न सकिने सेवाको सुरुवात गरेको छ ।  बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको हो।

बैंकका अनुसार यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

बैंकको मोबाइल बैकिङ एप तथा वेब ब्राउजर मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको यो सुविधा प्रयोग गर्नका लागि Jyoti Smart प्रयोगकर्ताहरूले एप भित्र रहेको Payment आइकनमा थिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई Cardless Transaction चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त ओटिपी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved